(ABC Sanchar)
कपिलवस्तु । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भए पनि नेपाल प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता देखाएकाे छैन यसबाट पुष्टि हुन्छ कि सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे छ ।
तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बाेर्डर काे किनारमा रहेको बगैचा र परालमा लुकाएर राख्ने काम गर्छन् । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याएर माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।
काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैन्न कृष्णनगर इलाका प्रहरी कार्यालय , गणेशपुर इलाका प्रहरी कार्यालय र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्र्याउने भनेकाे दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धी सान्धि सम्क्षाैता विपरित कार्य हाे ।
साथै जानी जानी वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रष्ट छ ।