२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

किसानहरुले लुटे धादिङमा २ ट्रक रासायनिक मल

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

(ABC=SANCHAR)
काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीको भनाइ छ। ‘राजस्व विभागले रासायनिक मल बोकेको ट्रक नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गर्दा मल लुटिएको हो। ट्रकमा कति मल रहेको र कति लुटिएको अहिलेसम्म खुलेको छैन,’ डीएसपी भण्डारीले अन्नपूर्णसँग भने। घटनाबारे अनुस्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ।

रासायनिक मल नपाउँदा किसानहरु मारमा परेका छन्। संसदमा पनि रासायनिक मल उपलब्ध गराउन सांसदहरुले माग गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!