२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

किसानहरुले लुटे धादिङमा २ ट्रक रासायनिक मल

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

(ABC=SANCHAR)
काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीको भनाइ छ। ‘राजस्व विभागले रासायनिक मल बोकेको ट्रक नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गर्दा मल लुटिएको हो। ट्रकमा कति मल रहेको र कति लुटिएको अहिलेसम्म खुलेको छैन,’ डीएसपी भण्डारीले अन्नपूर्णसँग भने। घटनाबारे अनुस्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ।

रासायनिक मल नपाउँदा किसानहरु मारमा परेका छन्। संसदमा पनि रासायनिक मल उपलब्ध गराउन सांसदहरुले माग गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!