२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

नेपाल बायुसेना निगमका विवादास्पद अध्यक्ष अधिकारी निलम्बनमा

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । दुई पटक स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई सरकारले निलम्बन गरेको हो ।

निगमभित्र अनियमितता गरेको आरोपमा उनी निलम्बनमा परेका हुन् । अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर जहाज भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनका लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई नोक्सान गरेको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा कम्पनी टिकट बिक्रिको ठेक्का दिएर आर्थिक लाभ लिएको, निगमका अधिकारी तथा कर्मचारीलाई अनुशासनमा राख्न नसकेको भनेर उनलाई स्पष्टिकरण सोधिएको थियो ।

उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा थप राख्दा निगमनको ख्यातीमा आँच आउने र थप वित्तिय हानि नोक्सारी हुने, कर्मचारीको मनोल गिर्न गई निगमको प्रतिकुल असर पर्ने देखिएकाले स्पष्टिकरणको जवाफ प्राप्त नहूँदासम्म उनलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
आफुलाई निलम्बन गर्न लागेको थाहा पाएपछि अधिकारीले केही दिनअघि पर्यटन मन्त्री प्रेम आलेसँग भएको कुराकानीको अडियो तोडमोड गरी सार्वजनिक गरेका थिए । अनुमतिबिना त्यसरी अडियो रेकर्ड गर्न समेत नमिल्ने भएकाले त्यस विषयमा पनि मन्त्री आलेले उनीमाथि कारबाहीको तयारी गरेका छन् ।

गत वर्ष कात्तिक ८ गते नियुक्त भएका उनी सुरुदेखि नै अनेकौं विवादमा परेका थिए । यसअघि निगममा कार्यरत रहँदा पनि उनी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको घटनामा मुछिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!