१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतमा हिंसात्मक प्रदर्शनमा १२ रेल जलाइयो मोदी सरकारको विरोध जारी

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९


(ABC=SANCHAR)
काठमाण्डौँ । नरेन्द्र मोदी सरकारको विरोधमा भारतमा दिनदिनै हिंसात्मक प्रदर्शन हुन थालेको छ । मोदीले ल्याएको तीन सैनिक सेवाको विरोधमा भारतका बिभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भएका हुन् ।

मुख्य गरी भारतका बिहार, उत्तर प्रदेश, तेलंगना, पश्चिम बंगाल, हरियाणा र मध्य प्रदेश राज्यमा युवाहरूले यस्तो खालको विरोध जारी राखेका छन्। प्रदर्शनकारीहरूले रेल सेवालाई निशाना बनाएका छन्। भारतीय संचारमाध्यमका अनुसार आजसम्ममा कम्तीमा १२ वटा रेलमा आगो लगाइएको छ भने ३ सयभन्दा बढी रेल प्रभावित भएका छन्।

प्रदर्शनकारीले विभिन्न रेलवे स्टेशनमा आगजनी र तोडफोड गरिएको छ। बिहारमा प्रदर्शनकारीहरूले भाजपाका प्रदेश नेताका घरलाई पनि निशाना बनाएका छन्। दर्जनौं सवारी साधनमा आगो लगाइएको छ भने सार्वजनिक सम्पत्ति तोडफोड गरिएको छ। तेलंगनामा भएको प्रदर्शनका क्रममा एकजना १९ वर्षीय किशोरको मृत्यु भएको छ।

मोदीले गत मंगलबार भारतका तीन सैनिक सेवा ( स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। सुरूमा साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले यो स्किममा भाग लिएर चार वर्ष सैनिक हुन पाउने प्रावधान राखिएको थियो। मोदी सरकारको उक्त निर्णयविरूद्ध प्रदर्शन भएपछि यसपालिका लागि भनेर उमेर २३ वर्ष पुर्‍याइएको छ। तर प्रदर्शन मत्थर भएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!