२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

कोहलपुर प्रहरीले लागुऔषधको बेचबिखन गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

 

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषधको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ घर भई हाल कोहलपुर ११ एनटिभि स्थित डेविट खाजा घर संचालक वर्ष ६६ की मिना मल्ल, मल्लकी छोरा वर्ष ३७ को राजेश मल्ला र सोही ठाउँ बस्ने वर्ष २७ का रामेश खनाल रहेका छन ।

खाजा घरमा लागू औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा बिहिबार साँझ साढे ४ बजेको समयमा उक्त खाजा घरमा प्रहरी नायव निरिक्षक गोपाल कुमार मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध फेला पारी पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भयो ।

‘‘शंकास्पद अवस्थामा डेविट खाजा भित्र फेला पारी उनीहरुको शरिर रितपुर्वक खानतलासी गर्दा खाजा घर संचालक मिना मल्लाले लगाएको सुरुवालको दाँया तर्फको खन्तीमा लुकाई छिपाई राखेको पहेलो रङको सानो प्लाष्टिकको डिब्बा भित्र ३९ वटा सेतो प्लाष्टिकका पुडियामा लागू औषध ब्राउन सुगर भेटिएको’’ उनले भने ।

उक्त बरामदका लागुऔषध ३ ग्राम ४० मिलिग्राम लागुऔषध रहको डिएसपी मल्लाले बताउनु भयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!