११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

कोहलपुर प्रहरीले लागुऔषधको बेचबिखन गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

 

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषधको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ घर भई हाल कोहलपुर ११ एनटिभि स्थित डेविट खाजा घर संचालक वर्ष ६६ की मिना मल्ल, मल्लकी छोरा वर्ष ३७ को राजेश मल्ला र सोही ठाउँ बस्ने वर्ष २७ का रामेश खनाल रहेका छन ।

खाजा घरमा लागू औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा बिहिबार साँझ साढे ४ बजेको समयमा उक्त खाजा घरमा प्रहरी नायव निरिक्षक गोपाल कुमार मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध फेला पारी पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भयो ।

‘‘शंकास्पद अवस्थामा डेविट खाजा भित्र फेला पारी उनीहरुको शरिर रितपुर्वक खानतलासी गर्दा खाजा घर संचालक मिना मल्लाले लगाएको सुरुवालको दाँया तर्फको खन्तीमा लुकाई छिपाई राखेको पहेलो रङको सानो प्लाष्टिकको डिब्बा भित्र ३९ वटा सेतो प्लाष्टिकका पुडियामा लागू औषध ब्राउन सुगर भेटिएको’’ उनले भने ।

उक्त बरामदका लागुऔषध ३ ग्राम ४० मिलिग्राम लागुऔषध रहको डिएसपी मल्लाले बताउनु भयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!