२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा श्रीमतिको मृत्यु श्रीमान घाइते

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९


ABC (क्राईमबिट)
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नं.९ ढकेरी पुल स्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षिय दिपिका खत्री कटुवाल रहेको छिन ।

शनिबार बिहान अन्दाजी ७ : ४५ बजेको समयमा ढकेरी पुल स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा समशेरगंज देखी कोहलपुर तर्फ आउदै गरेको भे ११ प ७०५ नं.को मोटरसाइकललाई सोही दिशावाट आउदै गरेको ना ५ ख ४२०४ नं.को ट्रकले पछाडी बाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्कर बाट मोटरसाइकलमा सावर बैजनाथ २ का श्रीमान श्रीमती घाइते भएका हुन । श्रीमान बर्ष ३२ को दिल बहादुर कटुवालको टाउकोमा सामान्य चोट लागेको र उनको श्रीमति दिपिका खत्री कटुवालको टाउकोमा गम्भिर चोट लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उनको उपचारको क्रमामा मृत्यू भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक जिल्ला मकवानपुर उपमहानगरपालिका वडा नंबर ९ बस्ने २८ वर्षिय नविन आचार्य र ट्रकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ ।

उक्त घटना पछि स्थानियले ढकेरी स्थित पूर्व पश्चिम सडक खण्ड अवरुद्ध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]