२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा श्रीमतिको मृत्यु श्रीमान घाइते

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९


ABC (क्राईमबिट)
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नं.९ ढकेरी पुल स्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षिय दिपिका खत्री कटुवाल रहेको छिन ।

शनिबार बिहान अन्दाजी ७ : ४५ बजेको समयमा ढकेरी पुल स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा समशेरगंज देखी कोहलपुर तर्फ आउदै गरेको भे ११ प ७०५ नं.को मोटरसाइकललाई सोही दिशावाट आउदै गरेको ना ५ ख ४२०४ नं.को ट्रकले पछाडी बाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्कर बाट मोटरसाइकलमा सावर बैजनाथ २ का श्रीमान श्रीमती घाइते भएका हुन । श्रीमान बर्ष ३२ को दिल बहादुर कटुवालको टाउकोमा सामान्य चोट लागेको र उनको श्रीमति दिपिका खत्री कटुवालको टाउकोमा गम्भिर चोट लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उनको उपचारको क्रमामा मृत्यू भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक जिल्ला मकवानपुर उपमहानगरपालिका वडा नंबर ९ बस्ने २८ वर्षिय नविन आचार्य र ट्रकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ ।

उक्त घटना पछि स्थानियले ढकेरी स्थित पूर्व पश्चिम सडक खण्ड अवरुद्ध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!