२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

काठमाडौंमा बढ्न थाल्यो गुन्डागर्दी प्रहरी कार्वाही गर्न मुस्किल गुण्डा नाइकेहरुलाई राजनीतिक संरक्षण

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकामा एकाएक गुण्डागर्दी बढ्न थालेको छ । विशेषगरी ठमेल, दरबारमार्ग र गोंगबु क्षेत्रमा गुण्डागर्दी बढ्दै गएको व्यवसायीहरु नै बताउँछन् । केही समय अघि ठमेलको एलओडी डिस्कोमा झगडा हुँदा सोह्रखुट्टे बृत्तका इन्सपेक्टर शंकर श्रेष्ठले गुण्डागर्दीमा संलग्न अभिषेक शेरचनलाई पक्राउ गरी कारबाही गर्न खोजेका थिए । तर, उपत्यका प्रहरी कार्यालयका तत्कालिन प्रमुख एआईजी हरिबहादुर पालले उल्टै क्लव सञ्चालक राजु सिंह (माइला)लाई पक्राउ गरी मुद्दा चलाएका थिए । गृहमन्त्रीको सचिवालयबाट फोन आएपछि क्लवमा आतंक मच्चाउने शेरचनलाई छाडेर पक्राउ गर्न गएका इन्सपेक्टरलाई एआइजीले सोह्रखुट्टे बृत्तबाट तानेका थिए ।

क्लवमा आतंक मच्चाउन खोज्ने गुण्डा शेरचनलाई संरक्षण गरी क्लव सञ्चालकलाई पक्राउ मात्रै गरिएन, इन्सपेक्टर श्रेष्ठलाई पनि बृत्तबाट हटाइयो । अनि कसरी प्रहरीको मनोबल उच्च हुन्छ ? यो घटनाले ठमेलको एलओडी क्लव मात्र नभई अन्य रेष्टुरेन्ट सञ्चालकहरुले पनि शान्ति सुरक्षाको प्रत्याभूती गरी निर्धक्ककासाथ व्यवसाय गर्न नपाएको गुनासो गरेका छन् । किनकी ठमेलमा अहिले पुराना गुण्डा समूहहरु अहिले सल्बलाई सकेका छन् ।

तीन महिना अघि डान्स रेष्टरेन्टमा गएर युवतीमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेको तीन दिनमै छुटेका थिए । बम ठमेलमा गुण्डाका रुपमा परिचित छन् । त्यस्तै पछिल्लो समय प्रहरी मुकदर्शक बन्दा प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ निकट गुण्डा सानुभाइ भन्ने युवराज गुरुङको गोंगबु र ठमेल क्षेत्रमा गुण्डागर्दी बढेको ठमेलकै व्यवसायीहरु बताउँछन् ।
अहिले काठमाडौंमा अधिकांश गुण्डा नाइकेहरुलाई राजनीतिक संरक्षण रहेका कारण प्रहरीले चाहेर पनि केही गर्न सकेको छैन् ।

दुई साता अघि दरबारमार्गको प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभास्कर सिंहमाथि कुटिपिट गरी टाउको फुटाउने काभ्रेली गुण्डा कुलध्वज लामा ‘कुले’ यतिखेर दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।

लिंकन स्कुलमा अध्ययनरत राम्रो परिवारका सिंह साथीभाइहरुसँग रमाइलो गर्न क्लवमा पुगेका थिए । तर, एक्कासी उनलाई कुले समूहले आक्रमण गर्दा टाउकोमा सात भन्दा बढी टाका लगाउनु परेको छ । सिंह नेपाली सेनाका एक जर्नेलका छोरा पनि हुन् ।

शुरुमा सार्वजनिकमा म्याद थपेको प्रहरीले कुलेमाथि ज्यानमार्ने उद्योगमा अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न कुले समूहमा रहेका विशाल तामाङ, सञ्जय लामा (नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाका भतिजा), डलर तामाङलगायत आधा दर्जन गुण्डाहरु फरार रहेका छन् ।

काभ्रे कांग्रेसको नेताहरु गृहमन्त्रीको नाममा कुलेलाई छुटाउन लागिपरेका छन् । उनीहरुले दरबारमार्ग बृत्तका डिएसपी विश्वराज खड्कालाई निरन्तर दबाब दिइरहेको प्रहरी स्रोत बताउँछ ।

डीएसपी खड्काले भने अपराधमा संलग्न ‘कुले’ भन्ने कुलध्वज लामालाई पक्राउ गरेर कारबाही शुरु गरिएको र घटनामा संलग्न अन्य गुण्डाहरुको खोजी भइरहेको बताएका छन् । कुले समूहको आक्रमणमा परी घाइते भएका सिंहको घर सुदूरपश्चिम रहेको र उनको बालुवाटारमा राम्रो सम्बन्ध रहेका कारण प्रहरीमाथि कुले समूहको आतंकलाई मत्थर पार्न दबाब परिरहेको छ ।
कुले समूह यसअघि सुन र डलर लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाई छ । कुलेलाई २०७२ सालमा तत्कालिन महानगरिय अपराध महाशाखाले सुन लुटपाटमा पक्राउ गरी मुद्दा चलाएको थियो । यस्ता व्यक्तिलाई छुटाउन कांग्रेस नेताहरु नै लागेपछि प्रहरी अधिकारी समेत दिक्क भएका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एग्रेसिभ पुलिसिङ अघि बढाउने बताइरहँदा उपत्यकामा गुन्डागर्दीमा संलग्नहरु सक्रिय हुँदा उपत्यकाका प्रहरी अधिकारी निरिह देखिएका छन् । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!