२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

तुलसीपुरको १ होटेलबाट लाखौं नगदसहित ७ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुरमा जुवा खेलीरहेको अवस्थामा बसपार्कको रातामाटा होटेलमा छापा हानेर प्रहरीले होटेल संचालकसहित अन्य छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ घर भइ हाल बबई गाउँपालिका वडा नं. १ बस्ने ४१ बर्षीय टोपबहादुर बोहरा, सल्यान त्रिबेणी – १ का ३७ का श्रर्मराज थापा, त्रिबेणी– २ कारागिठीका ३६ बर्षीय गुमानसिंह बुढाथोकी, सल्यानको शारदा नगरपालिका वडा नं. १० पैंयाखर्क घर घइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कमा बस्दै आएका ४१ बर्षीय गुणबहादुर चलाउने, सल्यान शारदा– १० पैंयाखर्कका २६ बर्षीय जितबहादुर चलाउने, सोही ठाउँका ३४ बर्षीय अमरराज खड्का र सल्यान शारदा– ११ घर भइ हाल दाङको तुलसीपुर – ५ बसपार्कमा रातामाटा होटेल संचालन गर्दै आएका ३५ बर्षीय सेतिराम बुढाथोकी रहेका छन् ।

होटेलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिवार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले एक लाख दुई हजार तीन सय ६० रुपैंयासहित उनीहरुलाई जितहार हुने गरि जुवा खेलीरहेको अवस्थामा ताससहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।

उनीहरुलाई जुवा ऐन २० / २० अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!