३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

तुलसीपुरको १ होटेलबाट लाखौं नगदसहित ७ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुरमा जुवा खेलीरहेको अवस्थामा बसपार्कको रातामाटा होटेलमा छापा हानेर प्रहरीले होटेल संचालकसहित अन्य छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ घर भइ हाल बबई गाउँपालिका वडा नं. १ बस्ने ४१ बर्षीय टोपबहादुर बोहरा, सल्यान त्रिबेणी – १ का ३७ का श्रर्मराज थापा, त्रिबेणी– २ कारागिठीका ३६ बर्षीय गुमानसिंह बुढाथोकी, सल्यानको शारदा नगरपालिका वडा नं. १० पैंयाखर्क घर घइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कमा बस्दै आएका ४१ बर्षीय गुणबहादुर चलाउने, सल्यान शारदा– १० पैंयाखर्कका २६ बर्षीय जितबहादुर चलाउने, सोही ठाउँका ३४ बर्षीय अमरराज खड्का र सल्यान शारदा– ११ घर भइ हाल दाङको तुलसीपुर – ५ बसपार्कमा रातामाटा होटेल संचालन गर्दै आएका ३५ बर्षीय सेतिराम बुढाथोकी रहेका छन् ।

होटेलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिवार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले एक लाख दुई हजार तीन सय ६० रुपैंयासहित उनीहरुलाई जितहार हुने गरि जुवा खेलीरहेको अवस्थामा ताससहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।

उनीहरुलाई जुवा ऐन २० / २० अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!