३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

कर्णाली प्रदेशका संरचना अझै लुम्बिनीको नेपालगन्जमा संचालन किन सरकार ?

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९


ABC (क्राईमबिट)
बाँके । भेरी अञ्चल हुँदा स्थापना भएका सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन भइरहेका हुन् ।कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखा कर्णाली प्रदेशमा अझै स्थापना हुन सकेको छैन । कर्णालीमा पूर्वाधारको अभाव देखाउँदै तालिम केन्द्र र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन हुँदै आएको छन् ।

यस्तै, संघीय प्रहरी इकाई, लागुऔषध शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगन्जबाटै सञ्चालित छन् । कुकुर शाखा पनि उतै हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता छ । जसले गर्दा अपराध अनुसन्धानमा ढिलाइ हुने गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । प्रहरीको तालिम केन्द्रका लागि १५ देखि २० बिघा जमिन चाहिन्छ । सोही अनुसारको जग्गाको संरचना वीरेन्द्रनगरमा अभाव देखिन्छ ।

कर्णाली प्रदेशका कानुनमन्त्री हिमबहादुर शाही संघीय सरकार अगाडि नबढ्दा समस्या आएको बताउँछन् । ‘प्रदेश प्रहरी संगठनको बारेमा कानुनी मान्यताका हिसाबले पहिलो कुरा त संघ अगाडि बढ्नुपर्ने हो तर खासै ध्यान नजाँदा समस्या भएको हो’, मन्त्री शाहीले बताए ।

प्रदेश प्रहरी कार्यालयले यसअघि नै भौतिक पूर्वाधार नहुँदा प्रदेश मातहतका तालिम केन्द्र र तालिमप्राप्त कुकुर बाँके मै राख्नुपरेको बताएको थियो । कानुनी अड्चन र भौतिक पूर्वाधार अभावले संरचना आउन नसकेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!