२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अपाङ्गता भएकालाई मतदाता परिचय-पत्र वितरण गर्न सघाउदै नेत्रहिन युवासंघ

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी संघीयसभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाइ लक्षित गरेर अपाङ्गता भएका व्याक्तिहरुको मतदाता परिचय पत्र वितरणमा सहजीकरण गरेको छ । विहिवार जिल्ला निर्वाचन कार्यालय भैरहवामा ४५ जनाको मतदाता परिचय पत्र वितरणको लागि सहजीकरण गरिएको हो ।
नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुलाई जिल्ला निर्वाचन कार्यालसम्म्म लगेर मतदाता परिचय पत्रको लागि सहजीकरण गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार परिचय पत्र प्राप्त गर्ने ४५ जना व्याक्तिहरुमा पुर्ण अपाङ्गता भएका व्याक्ति , पुर्ण दृष्टिविहिन, न्युन दृष्टिविहिन, शाररिक, सुनाई सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरु रहेका छन् । मतदाता परिचय पत्र वितरणको लागि नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका प्रोमेटर लक्ष्मी जिसी, कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुषाल लगायतको सहभागीतारहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!