२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सशस्त्र प्रहरीका आइजिपीलाई चुनौती दिदै नेपाल भरीको सशस्त्र घुमुवाहरुले किन ?

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर तराईका कतिपय जिल्लामा एसपीहरूलाई घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकत्ति व्यापक छ ।

सिरहा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा सशस्त्र प्रहरीका घुमुवाकै मिलेमतोमा तस्करी बढीरहेको छ । सप्तरी जिल्लामा एसपी प्रदिप खड्काले १० जना बढी घुमुवा परिचालन गरेका छन् । सहायक हवल्दारहरू सन्तोष प्रणामी, अशोक पेक्रा, अजय शाह छन् । जवानहरू अर्जुन यादव, सजीव मण्डल, प्रवीन्द्र खेरबार, मनोज चौधरी, कमलेश यादवलगायतलाई विभिन्न नाकामा खटाएका छन् । त्यसबाहेक आलम थरका एक जवानले मधेस प्रदेशको छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरको घुमुवाको रुपमा काम गर्दै आएको स्रोत बताउँछ ।

सिरहाको अवस्था पनि त्यस्तै छ । एसपी रमेशकुमार थापाको प्रत्यक्ष संलग्नतामा विभिन्न नाकाबाट तस्करी मौलाएको छ । सिरहाका ठाडी, माडर लगायतका ठाउँबाट तस्करी बढेको हो । महोत्तरी जिल्लाको सम्सी नाकामा पनि सशस्त्र प्रहरीकै घुमुवाको सेटिङ चलेको छ । बारा, पर्सा, सर्लाहीलगायतका जिल्लामा पनि विभिन्न बहानामा गणपतिहरुले घुुमवा परिचालन गरिरहेको स्रोत बताउँछ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!