०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

सशस्त्र प्रहरीका आइजिपीलाई चुनौती दिदै नेपाल भरीको सशस्त्र घुमुवाहरुले किन ?

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर तराईका कतिपय जिल्लामा एसपीहरूलाई घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकत्ति व्यापक छ ।

सिरहा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा सशस्त्र प्रहरीका घुमुवाकै मिलेमतोमा तस्करी बढीरहेको छ । सप्तरी जिल्लामा एसपी प्रदिप खड्काले १० जना बढी घुमुवा परिचालन गरेका छन् । सहायक हवल्दारहरू सन्तोष प्रणामी, अशोक पेक्रा, अजय शाह छन् । जवानहरू अर्जुन यादव, सजीव मण्डल, प्रवीन्द्र खेरबार, मनोज चौधरी, कमलेश यादवलगायतलाई विभिन्न नाकामा खटाएका छन् । त्यसबाहेक आलम थरका एक जवानले मधेस प्रदेशको छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरको घुमुवाको रुपमा काम गर्दै आएको स्रोत बताउँछ ।

सिरहाको अवस्था पनि त्यस्तै छ । एसपी रमेशकुमार थापाको प्रत्यक्ष संलग्नतामा विभिन्न नाकाबाट तस्करी मौलाएको छ । सिरहाका ठाडी, माडर लगायतका ठाउँबाट तस्करी बढेको हो । महोत्तरी जिल्लाको सम्सी नाकामा पनि सशस्त्र प्रहरीकै घुमुवाको सेटिङ चलेको छ । बारा, पर्सा, सर्लाहीलगायतका जिल्लामा पनि विभिन्न बहानामा गणपतिहरुले घुुमवा परिचालन गरिरहेको स्रोत बताउँछ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!