०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

स्पेनमा गर्मी र तातो हावाबाट ५१० जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

ABC-Sanchar

काठमाडौं । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ।

तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसमम तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ।

मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्।

यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]