१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बेलायतमा अहिलेसम्मकै अत्यधिक गर्मी तातोले धावनमार्ग पग्लिएपछि उडान स्थगित

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९


ABC-Sanchar
लन्डन । बेलायतमा अत्यधिक मात्रामा गर्मी बढेको छ। हिजो सोमबार तातो मौसमकै कारण लन्डनको धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएको सीएनएनले जनाएको छ।

रोयल एयर फोर्स आरएएफले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिरका उडानहरू स्थगित गरेको हो।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले पनि उल्लेख गरेको छ।

सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो। इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन्।

लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ। मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्।

अत्यधिक गर्मीकै कारण त्यहाँका केही विद्यालय बन्द गरिएका छन्। यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ। तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!