०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

स्पेन र पोर्चुगलमा तातो हावाका कारण १ हजार ७ सय जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९


(ABC-Sanchar)
काठमाडौँ । तातो हावा चल्दा स्पेन र पोर्चुगलमा एक सातामा १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ ।

सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसको कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् ।

तातो हावाल चलेको कारण मृत्यु हुनेहरूको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ । जसले मुत्यु हुनेहरूको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ ।

पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् । तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ । ती देशहरूमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौँ मानिसको जीवन जोखिममा पारेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!