२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

स्पेन र पोर्चुगलमा तातो हावाका कारण १ हजार ७ सय जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९


(ABC-Sanchar)
काठमाडौँ । तातो हावा चल्दा स्पेन र पोर्चुगलमा एक सातामा १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ ।

सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसको कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् ।

तातो हावाल चलेको कारण मृत्यु हुनेहरूको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ । जसले मुत्यु हुनेहरूको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ ।

पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् । तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ । ती देशहरूमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौँ मानिसको जीवन जोखिममा पारेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!