३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

इन्डोनेसियामा यात्रु बोकेको जहाज आकस्मिक अवतरण पाइलटको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

(ABC-Sanchar)
काठमाडौं । सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो। उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो।

जहाजमा भएका सय जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्‍याइएको छ।

उडान क्रममा स्वास्थ्य समस्या देखिएका पाइलट ४८ वर्षीय ब्वाइ अवालिया थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल लगेको केही समयमै उनको निधन भएको हो।

आफ्नो विमानका चालकको निधन भएको सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले पुष्टि गरेका छन्।

‘बिहीबार बिहान चालकले विमान आकस्मिक अवतरण गरे। उनलाई तत्काल नजिकैको अस्पतालमा लगियो। तर उपचारका क्रममा उनको निधन भएको छ,’ राईले भनेका छन्।

ती चालकको के कारणले निधन भएको भन्नेबारे अस्पतालले कुनै जानकारी दिइसकेको छैन।

राईका अनुसार बुधबार बिहान ६ बजे उडेको विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।

सिटिलिंकले उडानभन्दा अगाडि आफ्ना चालक दलका स्वास्थ्य परीक्षण गरेको बताएको छ। सबैको स्वास्थ्य अवस्था ठीक भएकाले उनीहरू उडानमा भएको पनि कार्यकारी निर्देशक राईले जानकारी दिएका छन्।

एबिसी न्युजका अनुसार सिटिलिंक इन्डोनेसियाको सस्तो यात्रुबाहक जहाज हो। यसले सयभन्दा बढी रूट र ४७ वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

एबिसी न्युजका अनुसार सन् २००७ मा इन्डोनेसियाका जहाजलाई सुरक्षा चुनौतीका कारण युरोपमा उडान गर्न प्रतिबन्ध लगाइएको थियो। समय क्रममा जहाजहरूको प्रतिबन्ध खुला हुँदै गयो। सन् २०१८ मा आइपुग्दा इन्डोनेसियाका जहाजहरूमा लागेको प्रतिबन्ध पूर्ण रूपमा फुकुवा भएको हो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

error: Content is protected !!