०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

भारतमा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मियो भगवान’ भन्न थाले मान्छेहरु

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


ABC-Sanchar
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा ४ हात र ४ खुट्टा भएको एक बच्चा जन्मिएको छ।

सहवाद कम्युनिटी हेल्थ सेन्टरमा करिना नाम गरेकी महिलाले गत शनिबार त्यस्तो बच्चालाई जन्म दिएकी हुन्।

चिकित्सकहरुका अनुसार जुम्ल्याहा बच्चा पेटमा विकसित नभएपछि यस्तो बच्चा जन्मिएको हो।

यसरी ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएपछि मानिसहरुले भने ती बच्चालाई भगवान भन्न थालेका छन्।

यतिबेला ती बच्चा र आमाको फोटो खिच्नेको घुइँचो पनि लाग्ने गरेको बताइएको छ। हिन्दु धर्ममा भगवानहरुको एकभन्दा बढी हात र खुट्टा हुन्छन्।

हालै जन्मिएको शिशुलाई पनि सोहीकारण भगवान भन्न थालिएको द मिररले जनाएको छ।

गत जनवरी महिनामा पनि ४ हात र ४ खुट्टा भएका एक शिशुको भारतमै जन्म भएको थियो।

यसअघि बिहारको कटिहारस्थित सदर अस्पतालमा सन् २०१९ मा समेत ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको थियो। ती बच्चालाई सोनु सुदले आर्थिक सहयोग समेत गरेका थिए। यस्तै चीनमा पनि यस्तै बच्चा जन्मिएको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!