१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतमा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मियो भगवान’ भन्न थाले मान्छेहरु

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


ABC-Sanchar
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा ४ हात र ४ खुट्टा भएको एक बच्चा जन्मिएको छ।

सहवाद कम्युनिटी हेल्थ सेन्टरमा करिना नाम गरेकी महिलाले गत शनिबार त्यस्तो बच्चालाई जन्म दिएकी हुन्।

चिकित्सकहरुका अनुसार जुम्ल्याहा बच्चा पेटमा विकसित नभएपछि यस्तो बच्चा जन्मिएको हो।

यसरी ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएपछि मानिसहरुले भने ती बच्चालाई भगवान भन्न थालेका छन्।

यतिबेला ती बच्चा र आमाको फोटो खिच्नेको घुइँचो पनि लाग्ने गरेको बताइएको छ। हिन्दु धर्ममा भगवानहरुको एकभन्दा बढी हात र खुट्टा हुन्छन्।

हालै जन्मिएको शिशुलाई पनि सोहीकारण भगवान भन्न थालिएको द मिररले जनाएको छ।

गत जनवरी महिनामा पनि ४ हात र ४ खुट्टा भएका एक शिशुको भारतमै जन्म भएको थियो।

यसअघि बिहारको कटिहारस्थित सदर अस्पतालमा सन् २०१९ मा समेत ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको थियो। ती बच्चालाई सोनु सुदले आर्थिक सहयोग समेत गरेका थिए। यस्तै चीनमा पनि यस्तै बच्चा जन्मिएको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!