१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

टर्किस एयरलाइन्स प्लेनको खानामा सागको बीचमा सर्पको टाउको भेटियो

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


(ABC-Sanchar)
काठमाडौं । टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी छिन् । सर्पको टाउको पनि त्यतिबेला भेटियो जब उनले आफ्नो धेरैजसो खाना खाइसकेकी थिइन् ।
गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको टाउको भेटिएको हो । जुलाई २१ तारिखमा विमानका कर्मचारी टर्कीको राजधानी अंकाराबाट जर्मनीको डसेलडोर्फ जानका लागि बिहानैदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका थिए ।

उडिरहेकै बेला चालक दलका सदस्य ब्रेकफास्ट गर्न बसे । यसमा ड्रिङ्क, सलाद, ब्रेड रोल र हरियो सागको तातो झोल समावेश थियो ।

विमान परिचारिकाले आफ्नो खानामा सर्पको काटिएको टाउको भेट्टाउँदा उनले आफ्नो आधा खाना खाइसकेकी थिइन् ।

सलाद र सागको बीचमा सर्पको टाउको थियो । उक्त सर्पको टाउको ठूलो अंगुरको आकारको थियो ।

सन एक्सप्रेसले क्याटरिङ कम्पनीसँग सम्झौता रद्द गरेको जानकारी दिएको छ । एयरलाइन्सका प्रवक्ताले भनेका छन्, ‘हाम्रो ग्राहकलाई विमानभित्र प्रदान गरिने सेवा उच्च गुणस्तरको होस् भन्ने हाम्रो चाहना हो । यसका साथै हाम्रा ग्राहक र कर्मचारी दुबैले सहज र सुरक्षित उडानको अनुभव गराउने हाम्रो उच्च प्राथमिकतामा पर्छ ।’

विमानभित्र प्रदान गरिने खानाबारे जे जति समाचार प्रकाशित भइरहेका छन्, त्यो पूर्ण रुपमा अस्वीकार्य छ र यसबारे विस्तृत अनुसन्धान थालिएको छ ।’

‘अनुसन्धान प्रक्रिया टुङ्गो नलागेसम्म सम्बन्धित उत्पादनको आपूर्ति रोक्नेलगायतका सबै उपायहरु तुरुन्त अवलम्बन गरिएको छ ।’

यता क्याटरिङ कम्पनीले उक्त घटनामा आफूहरुको कुनै पनि दोष नभएको र खाना फ्याक्ट्रीबाट बाहिरिएपछि यसमा सर्पको टाउको राखिएको हुनसक्ने आशंका व्यक्त गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!