२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्णाली प्रदेशमा ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट ३ करोड ३२ लाख राजश्व सङ्कलन

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व सङ्कलन गरिएको छ ।

गत आर्थिक बर्ष २०७८-७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व सङ्कलन गरिएको हो । ट्राफिकको नियम उलङ्घन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी वीरेन्द्र विकले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीले दुई वटा चरणमा कारबाही र राजश्व सङ्कलनको गतिविधि गर्ने गरेको छ । जस अन्तर्गत पहिलो चरण ०७८ साउनदेखि पौष महिनासम्म २० हजार ५०१ वटा सवारी साधनहरुले ट्राफिक नियम उलङ्घन गरेका छन् । ती सवारी साधनलाई कारबाही गरेर १ करोड ७१ लाख ८७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरिएको उनले बताए ।

दोस्रो चरणमा माघ महिनादेखि असार मसान्तसम्म १९ हजार ९५१ सवारी साधनहरू कारबाहीमा परेका छन् । ती सवारी साधनबाट १ करोड ६० लाख ७५ हजार ५ सय रकम राजश्व सङ्कलन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]