१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पानी पिएको आरोपमा शिक्षकले कुटेका दलित ९ वर्षीय बालकको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशङ्कामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । ‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!