०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

इजिप्ट शहरको एक चर्चमा आगजनी हुँदा कम्तिमा ४१ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९


(ABC-SANCHAR)
काठमाडौं । इजिप्टको एक चर्चमा आगजनी हुँदा ४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । राजधानी कायरो नजिकको गिजा नामक शहरस्थित अबु सिफिन कोप्टिक चर्चको आगजनीमा ५५ जना घाइते भएका छन् । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतलाई उद्धृत गर्दै चर्चमा ५००० मानिसहरु प्रार्थनाको लागि भेला भएको समयमा विद्युतीय सर्ट भएको र मानिसहरुको भागाभाग भएको लेखेको छ ।
आगजनी निभाउनका लागि १५ दमकल प्रयोगमा ल्याइएको सम्बद्ध निकायले बताएको छ । घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको थियो । अग्नि नियन्त्रण विभागले आगजनी नियन्त्रणमा आइएको बताएको छ । देशका राष्ट्रपति अब्देल फतेह अल–सिसीले कोम्टिक क्रिश्चियन सम्प्रदायका पोप टवाड्रोसलाई फोन गरेर घटनाप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

कोप्टिक क्रिश्चियन समुदाय मध्यपूर्वको सबैभन्दा ठूलो क्रिश्चियन समुदाय हो, जसको संख्या इजिप्टमा १ करोड छ । पछिल्ला वर्षहरुमा इजिप्टले कयौं गम्भिर आगजनीको सामना गर्नुपरेको छ । गत वर्ष मार्चमा कायरोको बाहिरी भागमा रहेको एक कपडा उद्योगमा लागेको आगजनीमा २० को मृत्यु भएको थियो । त्यस्तै सन् २०२०, दुई अस्पतालमा आगजनी हुँदा १४ कोभिड बिरामी मारिएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

दैनिक पानी पिउनुका अनेक फाइदाहरु यस्तो   तातो होस् वा चिसो जुन तापक्रमको  पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!