०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

पाकिस्तानमा भारी वर्षाका कारण १९६ जनाको मृत्यु खोजीकार्य जारी

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९


(ABC-Sanchar)
काठमाडौँ । पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ।

योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ। मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन्। त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।

वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ। बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।

प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो।

बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन्। ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ।

बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पुर्‍याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन्। उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ। स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ। त्यसैगरी अन्य ठाउँमा अरु २०० घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले बताएका छन् ।मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन।घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महरले बताएका […]