१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

मलेसिया सरकारले आप्रवासी श्रमिकहरु माथिकाे प्रतिबन्ध खुल्यो

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९


(ABC-Sanchar)
काठमाडौं । मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ।

मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो। मन्त्रालयले आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय गरेको हो।

यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने उल्लेख गरेको थियो। मलेसिया नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो। पछिल्लो समय मलेसिया सरकारले श्रमिकको तलब वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) पुर्‍याएको छ। यसले गर्दा अझ आकर्षण बढेको छ।

पछिल्लो समय साउदी अरबलगायत अन्य खाडी मुलुक गएका नेपाली युवाहरू पनि फर्किएर मलेसिया जाने सुरसारमा छन्। कोरोना भाइरस महामारीका कारण मलेसियाले लामो समय नेपालीलगायत आप्रवासी श्रमिक प्रवेशमा कडाइ गरेको थियो।

जसकारण गत आर्थिक वर्षमा धेरै नेपालीहरू मलेसिया जान सकेनन्। १५ हजारभन्दा बढी युवाहरू मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]