२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङको राप्ती नदीमा डुङ्गा पल्टिँदा २४ जना विद्यार्थीहरु घाइते

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


(ABC-Sanchar)
दाङ । राप्ती नदीमा विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा बिहीबार पल्टिएको छ । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए ।

डुङ्गा पल्टिदा करिब २४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको अवस्था भने सामान्य रहेको केसीले जानकारी दिए । ‘‘डुंगाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गालाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भने ।

डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए । करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेका थिए । डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला बगेको छ । पौडी खेल्न सक्ने जति आफैं बाहिर आउँ सफल भएका थिए भने अन्यलाई उद्दार गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]