१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

दाङको राप्ती नदीमा डुङ्गा पल्टिँदा २४ जना विद्यार्थीहरु घाइते

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


(ABC-Sanchar)
दाङ । राप्ती नदीमा विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा बिहीबार पल्टिएको छ । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए ।

डुङ्गा पल्टिदा करिब २४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको अवस्था भने सामान्य रहेको केसीले जानकारी दिए । ‘‘डुंगाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गालाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भने ।

डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए । करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेका थिए । डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला बगेको छ । पौडी खेल्न सक्ने जति आफैं बाहिर आउँ सफल भएका थिए भने अन्यलाई उद्दार गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]