०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

हुम्लामा नेपाल प्रहरीको आफ्नै भवन नहुँदा सास्ती भोग्दै प्रहरीहरु

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

ABC (क्राईमबिट)
सुर्खेत । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् ।

उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ ।

चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ । यारी प्रहरी चौकीका इन्चार्ज तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताए ।

चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेका दुखेसो उनले पोखे । बर्सेनि यहाँका प्रहरीले यस्तो समस्य भोग्दै आएको छन् । दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा सुरक्षित आवास तथा व्यवस्थापन नहुँदा समस्या हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी इकाइ छन् । तर, अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ । भाडाका १४ प्रहरी चौकीमध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन् ।

भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ । भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती व्यहोर्दै सेवा प्रवाह गरिरहेका छन् । भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ । एउटै घरमा कार्यालय र व्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ । भाडाको नाममा मासिक करिब ५ लाख रुपैयाँसम्म खर्च भइरहेको प्रहरीको भनाइ छ । केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ । केही ठाउँमा गाउँपालिकाले व्यहोरिरहेको छ ।

सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकीहरू यारी, धारापोरी, खार्पु, याङ्चु, सर्केदेउ, पिप्लाङ र मिमीमा भाडाको घरमा प्रहरी बसिरहेको छ । त्यस्तै गल्फागार्ड, छप्रेला, मैला, कवाडी र तुम्च प्रहरी चौकी पनि भाडाको घरमा राख्नुपरेको छ ।

ट्राफिक प्रहरी कार्यालय सिमकोटको पनि आफ्नै भवन छैन । कतिपय ठाउँका प्रहरी चौकी भवन जीर्ण हुँदा ढल्ने अवस्थाका रहेको बताएको छ । ग्रामीण क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त घर नहुँदा स्टोर, ब्यारेक र कार्यालय एउटै घरमा राख्नुपरेको प्रहरीको गुनासो छ ।

विपद् व्यवस्थापनका सामग्री राख्ने ठाउँसमेत नहुँदा गाउँमा कुनै घटना भए नियन्त्रणमा समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयसहित ६ वटा प्रहरी चौकी मात्र अहिले आफ्नै भवनमा छन् । सदरमुकाम सिमकोटस्थित इलाका प्रहरी कार्यालय डिभिजन वनको भवनमा बस्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!