२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

साउदीमा राजाको विरोध गर्दा एक महिलालाई ४५ वर्ष जेल सजाय

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

 

(ABC-Sanchar)
साउदी । साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो ।

तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ ।

 

महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ । पाँच सन्तानकी आमा नुराह अल–काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो ।

उक्त सजायको पश्चिमा देशहरुले निन्दा गर्दै आएका छन् । अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!