०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

चिनका अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका बिहीबारदेखि खुला

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९


(ABC-Sanchar)
काठमाडौं । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् ।

नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ। साथै कोभिड–१९ को संक्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ।

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

अध्यक्ष लीको भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट ती नाका खुला हुनुपर्ने आवाज उठेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको अध्यक्ष लीको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सुरु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो।

भेटवार्ताका अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण कम भएसँगै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पारेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट नेपाल भ्रमणमा आएका थिए।

भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। सभामुख सापकोटा र अध्यक्ष लीले सोमबार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

अध्यक्ष ली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीको शिष्टाचार भेटवार्ता भएको थियो । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आज बिहान विशेष विमानबाटै फर्किएका हुन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!