०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ जना मेजरसहित ६ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।

केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित छ जनाको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् । बीबीसी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]