२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

कपिलवस्तुमा हावाहुरी सहितको अविरल वर्षाले पाकेको धान खेतमै डूब्यो

Logo
प्रकाशित शुक्रबार, आश्विन २१, २०७९

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु । गोडुवजोत विजयनगर कपिलवस्तुमा धान काटेर खेतमै सुकाएको अवस्थामा परेको अविरल बर्षाले धानबालीमा क्षति गरेको हो भने, पाकेको धानखेतमा बर्षाले डुबान गरेको छ । वेगले आएको हावाहुरीले पाकेको सबैजसो धान ढलाएको छ । ‘शनिबार मात्र धान काटेर खेतमा राखेका थियौ । आज या भोलिमा उठाउने तयारी थियो तर, एक्कासी ठूलो पानी पर्दा खेतमा रहेको धानमा नोक्सान गर्‍यो बनगाईका किसान पुनाराम खनालले गुनासो गर्दै भन्नुभयो ।’ यस वर्ष समयमै वर्षा भएका कारण धान पनि राम्रो थियो । धान भित्राउने समयमा पानी पर्दा नोक्सानी धेरै हुने भयो उहाँले भन्नुभयो । कपिलवस्तु विजयनगरमा ७ धान बर्षाले डुवानमा पारेको सुनाउनुभयो । ‘हावाहुरी सहितको बर्षा आएपछि पाकेको धान सबै ढलेको छ । खेत पोखरीमा परिणत भएको छ ।’ आइतबार देखि जिल्लामा हावाहुरीसहित अविरल बर्षा भैरहेको छ । जसको कारण पाकेर लटरम्म परेको धानबालीमा नराम्रोसंग क्षति गरेको छ । समयमै पर्याप्त वर्षा हँुदा समयमै धान रोप्न पाएर खुसी भएका किसानहरु धानबाली स्याहार्ने बेला तनावमा परेका छन । आइतबार देखि परेको हावाहुरीसहितको बर्षाले कपिलवस्तुमा । आइतबार बेलुका देखि जिल्लामा गएको विद्युत सोमबार अपराह्नपख आएको छ । मौसमविदहरुले अझै केही दिन मौसम यस्तो हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!