२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङमा निर्वाचन अधिकृतकाे कार्यालयहरु स्थापना

Logo
प्रकाशित शुक्रबार, आश्विन २१, २०७९

(सागर थापा)
दाङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । जिल्लाकाे घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे ।

निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने जनाएको थियाे । क्षेत्र १ काे लमहीमा, २ काे घाेराहीमा र ३ काे तुलसीपुरमा कार्यालय स्थापना गरिएको छ । यही कार्यालयमा मनाेनयन दर्तादेखि सम्पूर्ण निर्वाचनकाे कार्यसम्पादन गरिने छ ।

मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश कृपासुर कार्की रहेका छन् । उनले निर्वाचन क्षेत्र नम्बर २ काे जिम्मेवारी पाएका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृकाे रूपमा मानबहादुर विष्ट र ३ मा डाेलनाथ न्याैपाने रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!