२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा दुर्घटना : चालकको मृत्यु

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाण्डौ आउदै गरेको बागमती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।  घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा  उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]