०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

औषधि प्रयोग गर्दा १० बालबालिकाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आश्विन २८, २०७९

एजेन्सी । यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको हुथी-नियन्त्रित स्वास्थ्य अधिकारीहरूको विज्ञप्ति उद्धृत गर्दै हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले शुक्रबार उल्लेख गरेको छ ।

यसैबीच, सोही औषधि प्रयोग गरिंदा अन्य नौ बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र त्यस बारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यमन भरका अस्पतालहरूमा तस्करी गरिएका औषधिहरूको प्रयोग सामान्य जस्तै मानिन्छ । गृहयुद्ध शुरु भएदेखि यमनका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरू उपकरण, औषधि र बजौट अभावले थल परेका छन् ।हुथी विद्रोहीहरूले सन् २०१४ मा उत्तरी यमनको ठूलो भाग कब्जा गरी सानाबाट साउदी समर्थित यमनी सरकारलाई विस्तापित गरेका थिए । युद्धले दशौं हजार मानिसको ज्यान गएको छ भने ४० लाख मानिसलाई विस्थापित गरेको छ । गृहयुद्धको चपेटाले देश भोकमरीमा धकेलिएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]