०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

१ लाख फिरौती नपाउँदा साथीको हत्या

Logo
प्रकाशित शुक्रबार, आश्विन २८, २०७९

आफ्नै साथीहरूबाट अपहरणमा परेका सिराहा गोलबजार-३ का १७ वर्षीय अंशु सदाको हत्या फिरौती वापतको रकम नदिँदा भएको खुलेको छ।

सिराहा गोलबजारबाट अपहरण गरेर विराटनगर ल्याएका अपहरणकारीहरू फिरौती वापतको पैसा बुझ्न जाने क्रममा प्रहरी फन्दामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार अपहरणकारीले माग गरेको एक लाख रूपैयाँ नदिएपछि अपहरणको तीन दिनपछि बिहीबार बिहान २ बजे विराटनगरमा अंशुको हत्या भएको हो।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एक जना फरार छन्।

धनुषा कमला नगरपालिका-६ का १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ का २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ का १८ वर्षीय विसु भन्ने प्रशान्त मण्डललाई पक्राउ गरेको एसपी कोइरालाले जानकारी दिए।घटनामा संलग्न शिवकुमार मण्डल फरार छन्।

उनका अनुसार  मृतक अंशु र हत्या आरोपी तीन जना साथी हुन्। घुम्न जाउँ भन्दै गोलबजारदेखि लहानसम्म अंशुलाई राकेश, प्रशान्तकुमार र फरार रहेका शिवले म्याजिक भ्यानमा ल्याएको र लहानबाट बसमा २३ असोजमा विराटनगर बसपार्क आइपुगेको एसपी कोइरालाले बताए।  उनीहरू असोज २३, २४ र २५ गते धनकुटा लजमा बसेका थिए। त्यहाँ भाडा महँगो भएपछि उनीहरू धनकुटा लजसँगै रहेको न्यू अप्सरा गेष्ट हाउमा सरेका थिए,’ उनले भने, ‘कोठा नम्बर-१ बुक गरेर बसेका उनीहरूले भोलिपल्ट असोज २६ गते बिहानको २ बजे अंशुको हत्या गरेका रहेछन्।

अंशुको परिवार खेती किसानी गर्ने भएकोले उनीहरूले मागेको जति रकम दिन नसक्ने बताएको एसपी कोइरालाले बताए। उनीहरूले दश हजार रुपैयाँ मात्र दिने भनेको उनले बताए।

‘अशुंको परिवारले २७ असोजमा १० हजार रुपैयाँ बैंकमार्फत् पठाएको रहे‍छ,’ उनले भने, ‘माग गरेजति रकम नपठाएपछि चार जनाले अंशुको हत्या गरेछन्।’

उनीहरूले अंशुलाई इँटा र छुरा प्रयोग गरी हत्या गरेको एसपी कोइरालाले बताए।

उनका अनुसार अंशुको शव पोको पारेर बक्सपलङभित्र लुकाएर राखिएको थियो।

साथीको हत्या गरेका उनीहरूलाई प्रहरीले फिरौती रकम लिन आउने क्रममा पक्राउ गरेको हो। जुन अंशुको परिवारले बैंकमा १० हजार रूपैयाँ पठाइदिएका थिए।

‘फिरौतीको रकम लिन प्रशान्त र मनोज कार्की पुगेका थिए,’ उनले भने, ‘प्रशान्तलाई विराटनगर महानगरपालिका-९ स्थित माछापुच्छ्रे बैंक पुर्‍याउने काम भने कार्कीले गरेका थिए।’

दुवैलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी अनुसन्धान गर्दा सदा हत्यामा राजेश ठाकुरको पहिचान खुलेको हो।

ठाकुरलाई प्रहरीले सदा हत्या गरेको अप्सरा गेष्ट हाउसको कोठाबाटै नियन्त्रणमा लिएको हो। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । बिरगंज सङ्घीय सरकारको निर्णयअनुसार साउन १ गतेदेखि दुई भन्सार कार्यालय एकीकृत गरी वीरगञ्ज भन्सार कार्यालयको नाममा सेवा प्रवाह सुरु भएको छ । यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लाबेग्लै संरचनाका रूपमा सञ्चालित थिए । आईसीपीबाट मालवाहक सवारीसाधनमार्फत वैदेशिक व्यापारअन्तर्गत वस्तु आयात-निर्यात हुँदै आएको थियो […]

दाङ । बुधवार ईलाका प्रहरी कार्यालय भालुवाङको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुवाङ पुल्चोकमा चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ख ०२४५ नम्बरको यात्रुवाहक बस जाँच गर्दा भन्सार छली ल्याइएका १ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ बराबरको विभिन्न प्रकारका सामानहरू फेला पारी बरामद गरेको प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् । […]

  कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न […]

error: Content is protected !!