२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको बबई हापुरेका विभिन्न ५ स्थानहरुमा जेब्राक्रसिङ निर्माण

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९


(केभी निस्चयल)
दाङ । लायन्स क्लब अफ दाङ बबई छहराको आयोजनमा तुलसीपुर सुर्खेत सडक खण्ड अन्तरगत हापुरेको माथिल्लो बजार सहिदगेट देखि सेन्टर बजार,ट्याक्सी पार्क हुँदै हंसपुर जाने बाटो प्रतिक्षालय सम्म विभिन्न ५ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको लायन्स क्लब अफ दाङ बबई छहराका अध्यक्ष प्रेम बहादुर वलीले जानकारी दिए ।

चाडपर्वको समयमा बजार क्षेत्रमा भिडभाड बढि हुदा हुने सम्भावित दुर्घटना न्युनिकरण गर्न, स्कुले विद्यार्थीलाई सहज रुपमा बाटो काट्ने वातावरण निर्माण गर्न र स्थानियहरुलाई समेत जेब्राक्रसिङबाट बाटो काट्ने बानिको बिकास गराउन जेब्राक्रसिङ निर्माण गरिएको हो ।

तुलसीपुर ९ पुलचोकमा रहेको पौडेल हार्डवयरको सामाग्री सहयोग तथा लायन्स क्लब अफ दाङ बबई छहराका युवाहरुको सकृयतामा भएको जेब्राक्रसिङ निर्माण कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट हापुर ट्राफिक इन्चार्ज प्रहरी हवलदार कुल चन्द्र न्युपाने ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुखसंगै प्रहरीहरुको समेत सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!