तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो।
उनीहरूको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको उच्च स्रोतले जानकारी दिएको छ।
व्यक्तिलाई प्रहरीले फोन कलको आधारमा लमही बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको पहिचान खुलाएको छैन। यद्यपि उनी टिपर चालक भएको खुलेको छ।
प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए।
उनले बेपत्ता भएको दिन नै आचर्यका हजुरबुवालाई फोन गरेर नाति कहाँ छन् भनेर सोधेका थिए