
(सागर थापा)
काठमाडौं । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको परिसर भित्र दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, पत्रकारहरु प्रहरीका सहयोगी संघ संस्थाका अध्यक्ष तथा
प्रतिनिधिहरू, उद्योगी, व्यावसायी र समाजसेवी व्यक्तित्वहरू, अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्व प्रहरी कर्मचारीको सहभागिता रहि उक्त कार्यक्रममा प्रमुख अतिथिले प्रहरी अधिकृतहरूबाट अमर प्रहरीहरूप्रति शोक सलामी तथा पुष्पहार/पुष्पगुच्छा अर्पण गर्ने, अमर प्रहरीका अभिभावकलाई दोसल्ला
ओढाइ सम्मान गर्नुका साथै नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री धिरज प्रताप सिंहबाट ६७ औं प्रहरी दिवसको अवसरमा व्यक्त गर्नु भएको शुभकामना सन्देश वाचन गर्नु भई, प्रमुख
अतिथिज्यूबाट शुभकामना मन्तव्य तथा दाङका प्रहरी प्रमुख वीर बहादुर वलीबाट धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको थियो ।