२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९० औं महासभा समुउद्‍घाटनमा आईजिपी: सिंह

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभाको आज भारतको नयाँ दिल्लीमा समुउद्‍घाटन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच समुउद्‍घाटन गर्नुभएको उक्त महासभामा भाग लिन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली हिजो सोमबार नै त्यसतर्फ प्रस्थान गरेको थियो ।

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबलाइजेसनको युगमा इन्टरपोल बिना विश्वको कल्पना गर्न नसकिने भएकोले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । विशेषत: साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुद बनाउँदै लैजान अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

उद्‍घाटन समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाह लगायतका मन्त्रीहरुको सहभागिता रहेको थियो । उक्त महासभामा नेपाल सहित १ सय ७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ । भारत सरकारले यो आयोजनालाई अत्यन्त महत्वपूर्ण रूपमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!