२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

हट एयर बलुन दुर्घटनामा दुई स्पेनी पर्यटकको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

एजेन्सी । टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मंगलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एक निजी कम्पनीको बलुन नेभसेहिर प्रान्तको एभानोस जिल्लाको जेल्भ भग्नावशेषबाट उडेको र अप्रत्याशित गतिमा आएको हावाका कारण किलिक क्षेत्रमा आकस्मिक अवतरण गरेको प्रान्तीय कार्यालयले जनाएको छ ।

बलुनमा कुल २८ यात्रु र दुईजना चालक दलका सदस्य सवार थिए । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण हावाको गतिमा अप्रत्याशित वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक चट्टान संरचनायुक्त उपत्यका, भूमिगत बस्तीहरू, गुफा होटलहरू एवं ऐतिहासिक गुम्बाहरू भएको क्यापाडोसिया तातो हावायुक्त बलुन सवारीहरूको लागि परिचित छ ।

यो यस्ता प्रसिद्ध विश्वभरका गन्तव्यहरू मध्ये एक हो । यहाँ आगन्तुकहरूले उचित मौसमका कारणले लगभग वर्षैभरि बलुन सवारीको आनन्द लिन सक्छन् ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!