२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

एजेन्सी । रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ ।

आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् जसमा तीन बालबालिका सहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । अन्य १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो ।
दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्याथएको छ । रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!