२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

चार आतङ्ककारी मारिए

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन् । सिटिडीका अनुसार जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा रहेका आतङ्ककारीहरू रहेको सूचनाका आधारमा उक्त अपरेशन गरिएको हो ।उक्त क्षेत्रमा प्रहरी पुग्दा आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार  गरेका थिए जसको जवाफी कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । झण्डै एक घण्टासम्म चलेको गोली हानाहानमा चार आतङ्ककारी मारिएका हुन् । मारिएका आतङ्ककारीहरूबाट हातहतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको र आतङ्ककारी सञ्जालका बाँकी सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!