०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ । मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ । सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला सङ्क्रमणको व्यापकता देखिएको थियो । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यू लगाइएको छ सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । (रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]