१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

नेपाल-चीन सीमा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

काठमाडौं उपत्यकामा बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

साथै भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको नेपाल-चीन सिमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का काठमाडौंसहित आसपासका ठाउँमा महसुस भएको थियो । गूगलका अनुसार भूकम्पको धक्का नेपालसहित छिमेकी देश भारत र चीनमा पनि महसुस भएको थियो।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]