०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिद भीषण आगलागी

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९


(ABC-Sanchar)
काठमाडौं । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।

 

जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ । सामाजिक सञ्जालमा शेयर भइरहेको घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिएको छ । आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए ।

इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा पनि यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यसबेला आगो निभाउन पाँच घन्टा लागेको थियो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]