२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

कुनै बेला सरकार गठनमा तानातान निर्वाचनको बेला बेवास्ता : बिमला वली

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

(ABC-Sanchar)
दाङ । उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुँदै गठबन्धनको सरकार बन्दा स्वास्थ्य राज्यमन्त्री समेत भइन् ।

नेकपा खारेजीपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै वली दुई दलको तानातानमा परेकी थिइन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो दलको सांसदका रूपमा दाबी गरेका थिए । सोही क्रममा उनी केही दिन तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको अघोषित नजरबन्दमा समेत रहिन् । मुख्यमन्त्री निवासमा आफूलाई थुनेर राखिएको भन्दै उनले तत्कालीन मुख्यमन्त्री पोखरेलमाथि अपहरणको आरोपसमेत लगाएकी थिइन् । त्यसपछि उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्टोक्ति दिएकी थिइन् ।

पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेश सरकार गठन गर्दा बहुमत जुटाउन उनको साथ निकै महत्त्वपूर्ण थियो । तर आसन्न निर्वाचनका लागि भने उनी कुनै पनि दलको रोजाइमा परिनन् । उनले आफूलाई एमाले र माओवादीले प्रयोग गरेको गुनासो गरिन् । आफूले उपनिर्वाचन जितेर आएको क्षेत्रमा बजेट काट्ने काम भएको गुनासोसमेत गरिन् । यसरी बजेट काट्नेमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमात्र नभएर वर्तमान सरकारले पनि भेदभाव गरेको उनको गुनासो छ ।

उनले आफू राज्यमन्त्री हुँदा मन्त्रालयको बजेट प्रयोग गर्न नपाएको पनि बताइन् । उनले आफ्ना क्षेत्रबाट जनताको मागको आधारमा पठाएका योजनाहरू काट्दा निकै दुःख लागेको बताइन् ।

उनले माओवादी पार्टी दलित, महिला तथा पिछडिएको वर्गको पक्षमा काम गर्ने भन्ने ठानेर आफू लागे पनि त्यो नभएको महसुस गरेपछि अब पार्टीमा सक्रिय नहुने मनसाय बनाएको पनि प्रस्ट पारिन् । आफूलाई समानुपातिकतर्फ समेट्ने आश्वासन दिइएकामा त्यो पनि पूरा नभएको उनको गुनासो छ ।

उम्मेदवार छनौट गर्ने बेलामा एक पटक जिल्लाको बैठकमा बोलाउने काम भएको उल्लेख गर्दै उनले त्यस बाहेक पार्टीको बैठक, भेला तथा अन्य रणनीतिक छलफलमा आफूलाई बेवास्ता गरिएको उनको गुनासो छ । उनको क्षेत्रमा अहिले सत्तारुढ गठबन्धनबाट माओवादीका धनबहादुर मास्के राना प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । तर उम्मेदवार रानाले समेत अहिलेसम्म आफूलाई ‘चुनावमा सँगै जाउँ, पार्टीको काममा जाउँ’ भनेर सम्पर्कसमेत नगरेको उनले बताइन् ।

सबै पार्टीले सोझो मान्छेलाई प्रयोगमात्रै गर्दै आएको निष्कर्ष निकाल्दै आफूले अब पार्टीमा सक्रिय नहुने निर्णय लिएको प्रस्ट पारिन् । अब आफू घर व्यवहारमै केन्द्रित हुने उनको भनाइ छ । दाङको तुलसीपुर घर भएकी वली अहिले घोराहीमा भाडामा बसेर छोरालाई पढाउँदै छिन् । उनले दाङका वाइसीएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम हालै पाएको पनि बताइन् ।

जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री रहेकै बेला उनी दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो । बस्नेतको परिवारले उनीमाथि दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरीसमेत गरेको थियो ।

यस सम्बन्धमा प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्य छानबिन टोली समेत गठन गरेको थियो । उक्त समितिले विमलाले पाउनु पर्ने रकम बस्नेतले तिर्नुपर्ने निष्कर्ष निकालेको थियो ।छानबिन समितिले प्रतिवेदन नबुझाउँदै लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री पदबाट वलीले राजीनामा दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । यसै […]

काठमाडौं । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्। उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्। २६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति […]

error: Content is protected !!