१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीद्वारा राजीनामा

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

काठमाडौं । बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् ।

बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बनेका छन् । उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।

विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए । पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा मागेका थिए ।

शेरिल मरे लिज ट्रसको राजीनामा माग्ने समूहमा मिसिने पछिल्लो सांसद थिए । यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए ।

उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो ।
राजीनामापछि उनले प्रधानमन्त्री कार्यालयमा पत्रकारसँग कुरा गर्दै आफू जुन म्यान्डेटसहित सरकारमा आएको त्यो पूरा नगरेपछि पद त्याग्ने निर्णयमा पुगेको बताए ।

उनले भने, ‘मलाई जुन परिस्थितिमा कन्जर्भेटिभ पार्टीले जस्तो जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न नसक्ने निष्कर्षसहित पद त्यागेकी हुँ।’

उनले राजा चार्ल्ससँग भेटेर उनलाई राजीनामा दिइसकेको बताए । उनले अब कन्जर्भेटिम पार्टीको प्रमुखको जिम्मेवारीबाट पनि राजीनामा दिने बताए ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!