२८ भाद्र २०८१, शुक्रबार
13-09-2024 , Fri
×

६ आईएस लडाकू मारिए

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी ६ जना लडाकुलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन्। इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरूको लुकेको ठाउँ  पत्ता लगाई २ जना लडाकुहरू पक्राउ गरेको थियो।  मारिएका केही विद्रोहीहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न थिए जसले हप्ता अघि दर्जनौं मानिसहरूलाई मारेका थिए।मुजाहिदले पनि कारबाहीका क्रममा एक सुरक्षाकर्मी मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् । अफगानिस्तानमा आईएस समूह विरुद्धको यो दोस्रो अपरेशन हो । केही दिनअघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले यस्तै कारबाहीमा ५ आईएस लडाकू मारेको थियो ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् । फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै […]

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

error: Content is protected !!