२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानमा बाढीले गर्दा एक हजार सातसयभन्दा बढीको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

पाकिस्तानमा यो वर्षको वर्षा याममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको छ भने १२ हजार आठ सय ६७ जना घाइते भएका छन् । बाढीका कारण छ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ सात सय ९२ जनाको मृत्यु भएको बताएको छ । दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन् । (रासस)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!