३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९

लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ परेका छन्। कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।

३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरी पक्राउ परेका थिए। उनले सहायक हवल्दार भाटले आफूलाई लागुऔषध ओसारपसारमा सघाएको बयान दिएपछि भाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले प्रहरी सहायक हवल्दार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरे। कारागारमा आश्रित कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीको भनाइ छ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरीसमक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए।

सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकिदार बसन्त बुढा र सन्तोश शाही हुँदै डगौरासम्म पुर्‍याउने गरेको बयान दिएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन्। बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रास्स

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]