३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत  रहेको  जिल्ला प्रहरी कार्यालय दाङका एसपि   वीर ओलि ले जानकारी दिए ।  गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए ।घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]