२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

वीरगन्जमा एक पुरूष मृत फेला

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

पर्सामा एक जना पुरूष मृत फेला परेका छन्।

आइतबार बिहान सवा ५ बजे वीरगन्ज महानगरपालिका-१० घडिअर्वा पोखरीको पश्चिमतर्फको नालामा पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।

मृतक पकाहामैनपुर गाउँपालिका वडा नं १ ढोरे बस्ने ३५ वर्षीय राजु दास छन्। उनी नालीमा मृत अवस्थामा फेला परेका हुन्।

घडिअर्वा पोखरीमा छठ पर्व मनाउन बिहानै देखि भक्तजनको घुँइचो लागेको थियो। छठ मनाउन आएका भक्तजनले शव फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो।

डिएसपी गिरीका अनुसार घटना शंकास्पद छैन। प्रहरीले मुचुल्का उठाएर शव पोष्टमर्टमको लागि नारायणी अस्पताल लगिएको थियो।

पोष्टमर्टमपछि आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेको कारण रिपोर्ट आएपछि थाहा हुने प्रहरीले जनाएको छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]