२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

सोमालियामा कार बम विस्फोटमा १०० जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।

शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लि लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]